६ बैशाख २०८१, बिहीबार
कविता प्रतियोगितामा सरस्वती माविकी डाँगि प्रथम

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७८, मंगलवार १५:५३

बाँकेको कोहलपुरमा सम्पन्न भएको कविता प्रतियोगितामा सरस्वती माविमा अध्ययनरत छात्रा टिका डाँगि प्रथम भएकी छिन् । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना, कोहलपुर नगपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको समन्वय, स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँके र रेष्ट नेपालको सहयोगमा राष्ट्रिय बालदिवसको अवसर पारी “शिक्षा र प्रविधि” शीर्षकमा आयोजित कोहलपुर नगरपालिकाको माध्यामिक तह स्तरीय कविता प्रतियोगितामा डाँगि प्रथम भएकी हुन् । साथै सो प्रतियोगितामा त्रिभुवन नमूना माविका अर्जुन सुनार द्धितीय र साईनिङस्टारकी अञ्जु राना तृतीय भएकी छिन् । सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोरोना भाईरसका कारण विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउन सक्ने अवस्था नभएको बताउँदै यस्ता प्रतियोगिताले बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास हुने बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख अनन्त कुमार पौड्यालले बालबालिकाको अन्तरनिहित क्षमताको विकास गर्नका लागि यस्ता प्रतियोगिता आयोजना हुन आवश्यक हुने भन्दै कोहलपुर नगर शिक्षा यूवा तथा खेलकुद शाखाले समय समयमा यस्ता कार्यक्रमहरु गरिरहेको बताएका छन् । कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना, कोहलपुर नगपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको समन्वय, स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँके र रेष्ट नेपालको सहयोगमा सम्पन्न भएको सो प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कविता प्रतियोगिताको निर्णायकमा खोपिराम वली, महानन्द ढकाल र बिमला केसी रहेकी थिईन् भने प्रतियोगितामा कोहलपुर नगरभित्रका १५ वटा विद्यालयका छात्र÷छात्राहरुले सहभागिता जनाएका थिए ।

Nabintech