१५ बैशाख २०८१, शनिबार
काँग्रेसको राप्तीसोनारीको सभापतिमा सुवेदीको चर्चा

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०७८, बिहीबार १७:३९

नेपाली काँग्रेसको १४ औं महाधिवेशमा वडा तहका केहि जिल्लामा निर्वाचन सम्पन्न भएसँगै गाउँ तथा नगरमा निर्वाचन लड्ने उम्मेद्वारहरुको चर्चा भईरहेको छ । नेपाली काँग्रेस बाँकेको निर्वाचन हालसम्म वडा तहकै सुरु हुन सकेको छैन् । बाँके लगायत अन्य केहि जिल्लाहरुमा क्रियाशिल सदस्यता विवादका कारण वडा तहको निर्वाचन सुरु हुन नसके पनि गाउँ, नगर, क्षेत्र र जिल्लाको नेतृत्व लिने नेताहरुको अहिले चर्चा आम कार्यकर्ताहरु बिच भईरहेको छ । यसै बिच बाँकेको राप्तीसोनारी गाउँपालिकाको सभापतिमा तेज प्रसाद सुवेदीको चर्चा भएको छ । आम कार्यकर्ताहरु बिच सुवेदीको चर्चा भएको पार्ईएको छ । पार्टीलाई एकता र जनताको भावनालाई आत्म गरी पार्टीलाई चलायमान बनाउका लागि नेपाली काँग्रेस राप्तीसोनारीको सभापतिमा सुवेदी निर्वाचित हुने एक स्थानिय कर्ताकर्ताले बताएका छन् । निर्वाचनको मिति नजिकिएसँगै सुवेदीको चर्चा सूरु भए पनि सभापतिको उम्मेद्वारी भने औपचारिक रुपमा घोषण उनले गरिसकेका भने छैनन् । उनी शिक्षक यूनियन संघका पूर्व बाँके जिल्ला सदस्य, टे«ड यूनियन बाँके र नेपाल टे«ड यूनियन काँग्रेस मध्यपश्चिम क्षेत्रीय पूर्व उपाध्यक्ष समेत भईसकेका छन् ।

Nabintech