१३ बैशाख २०८१, बिहीबार
कृषि विकास बैंकद्धारा कोहलपुरको पिपरीमा बैंकिङ्ग सेवा सुरु

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७८, शुक्रबार १७:१५

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको छ । कृषि विकास बैंकको तालिम केन्द्रका रुपमा रहेकोमा अब बैकिङ्ग सेवा समेत सुरु गरेको छ । कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एक कार्यक्रमका बिच बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले बैंकले किसानलाई विद्युतिय कारोबारोमाजोड्ने लक्ष्य लिएको बताउँदै किसानलाई आर्थिक क्रियाकलापमा सहकागि गराउनका लागि नोटरहित कारोबारोमा जोड्ने नीति बैंकले लिएको बताएक छन् । साथै उनले किसानलाई नै अनलाईन बैंकमा जोडेर लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताएका छन् । यसका साथै उनले ग्रामिण क्षेत्रमा बैंकले आफ्ना शाखाहरु विस्तार गरिरहेको बेला कोहलपुरको पिपरीमा बैंकिङ्ग सेवा सुरु गरेको बताएका छन् । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले तालिक केन्द्रका रुपमा रहेकोमा अब बैंकिङ्ग सेवा दिएर यस क्षेत्रका आम नागरिकहरुको मागलाई ध्यान दिएर सेवा सुरु गरिएको बताएका छन् । साथै कृषि विकास बैंक लि. पिपरी शाखाका प्रबन्धक नेत्रबुढथापाले तालिमकेन्द्र सँगै बैंकिङ्ग सेवा सुरु गर्ने लक्ष्यका साथ कार्र्र्र्र्र्र्र्र्यालय स्थापना गरिएको बताएका छन् । देश, विदेशबाट पैसा पठाउने, पाउने, विभिन्न कर्जाहरु लगानी गर्ने, जनताको निरक्षेप संकलन गर्ने, व्यवसायिक कृषि कर्जा लगानी गर्ने र अत्याधुनिक बैंकिङ्ग सेवाहरु सुरु हुने बताएका छन् । कृषि विकास कार्यालय नेपालगञ्जका निर्देशक गिरीराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका कर्मचारी, स्थानिय आम नागरिकहरुको सहभागिता रहेको थियो ।

Nabintech