१६ चैत्र २०८०, शुक्रबार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग खेल्दै

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७८, मंगलवार ०७:४१

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो । छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन । फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ । तीन वटै टोलीले बराबरी अङ्क बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ । यसअघि नेपालले हङकङसँग दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० र १९८९ मा भएको खेलमा ३–० ले हारेको थियो । चौध पटक एसियन कम खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ । नेपाल एक सय एक औं स्थानमा छ ।

Nabintech