८ बैशाख २०८१, शनिबार
बाँके प्रहरीद्धारा अवैध सामान नियन्त्रणमा लिई भन्सारमा

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७८, मंगलवार १७:०८

भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउदै गरेको करिव पौने ३ लाख रुपैयाँ बराबरको समान बाँके प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सारमा बुझाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ बाट अवैध रुपमा नेपाल भित्र्याएका लत्ताकपडा, चिनी र हार्डवेयर लगायतका विभिन्न समानहरु सोमबार बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सो सामाग्रीहरु २ लाख ८६ हजार ७ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सामान आवश्यक प्रक्रिया पुरा गरि थप कार्वाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Nabintech