२४ बैशाख २०८१, सोमबार
मानविय विकासका लागि स्थायिन तहले विशेष नीति लिनुपर्छ : संयोजक श्रीवस्ताव

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७८, बिहीबार १६:४९

बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवस्तावले स्थानिय तहले मानविय विकासका लागि विशेष नीति लिनुपर्ने बताएका छन् । स्थानिय तहहरुले भौतिक पूर्वाधार विकासमा मात्र ध्यान दिईरहेको भन्दै अब स्थानिय तहले मानविय विकासका लागि विशेष नीति लिनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको सहकर्मी समाज बाँकेको जिल्ला स्तरीय परियोजना सल्लाहाकार समितिको बैठकमा बोल्दै स्थानिय तहले आफ्नो योजना बनाउँदा भौतिक पूर्वधार भन्दा मानविय विकासमा जोड दिनुपर्ने बताएका छन् । सहकर्मी समाज बाँकेको जीविकोपार्जनका लागि कमाउने अधिकार कार्यक्रमको समक्षा गर्दै समाजमा पछाडि परेका वर्गलाई राज्यको मूलधारमा ल्याउनका लागि स्थानिय तहले आवश्यक काम गर्नुपर्ने बताएका छन् । साथै उनले बाँके जिल्लाका आठ वटै स्थानिय तहले सामाजिक विकासमा ध्यान नदिएको बताउँदै विभिन्न संघसंस्थाहरुले स्थानिय तहको नीति भित्र रहेर काम गर्ने भएले मानविय विकासका लागि स्थानिय तहले ठोस योजना ल्याउन सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै सहकर्मी समाज बाँकेका कार्यक्रम संयोजक खड्क प्रसाद शर्माले संस्थाले लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका १० वटा जिल्लाहरुमा विभिन्न परियोजनाहरु संचालन गरिरहेको बताएका छन् । साथै उनले बाँके र दाङ जिल्लामा बसोबास गर्ने अति सिमान्तीकृत, लोपोन्मुख तथा अल्पसंख्यक मंगता, कुशवधिया, चिडिमार र थारु कुमाल समुदायको आर्थिक तथा सामाजिक सशक्तिकरण र दिगो जीविकोपार्जन सुधारको लागि “जीविकोपार्जनका लागि कमाउने अधिकार पयिोजना” संचालन गरिरहेको बताएका छन् । सो परियोजना मार्फत अति सिमान्तीकृत, लोपोन्मुख तथा अल्पसंख्यक समुदायका सदस्यहरुलाई आवद्ध गराई जीविकोर्पजन सुधारका लागि विभिन्न आयमूलक, सीप मूलक तथा रोजगारी मूलक कामहरुमा आवद्ध गराई उनीहरुको परम्परागत सीप, पेशाको संरक्षण, सम्बद्र्धन र आधुनिकिकरण गर्दै समय सापेक्ष आर्थिक तथा सामाजिक सशक्तिकरणमा पद्धत पु¥याईरहेको बताएका छन् ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले चिडिमार जातिको आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न चरणमा आवश्यक सहयोग गरिरहेको जनाउँदै उनीहरुले सामाजिक सचेतनाको विकास गर्न जोड दिईने बताएका छन् । साथै उनले स्थानिय तहले उनीहरुलाई विभिन्न पेशाव्यवसायमा सहभागि गराउनका लागि प्रत्येक आर्थिक वर्षमा बजेटको व्यवस्था गरि विभिन्न कार्यहरु पनि गरिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष पतिराम थारुले आर्थिक रुपमा पछाडि परेका लोपन्मुख जातिको जीवनस्तर सुधारका लागि राज्यले लगानी गरे पनि उक्त वर्गको आर्थिक र सामाजिक जीवनमा कुनै पनि परिवर्तन हुन नसेकेको बताएका छन् । कार्यक्रममा स्थानियत जनप्रतिनिधि, मंगता, कुशवधिया, चिडिमार र थारु कुमाल समुदायका प्रनितिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Nabintech