१२ बैशाख २०८१, बुधबार
जाजरकोटका पदम खड्का भदौ २५ गतेदेखि नेपालगञ्जबाट बेपत्ता

  • टाइम्स संवाददाता

  • ८ आश्विन २०७८, शुक्रबार १९:३३

बाँकेको नेपालगञ्ज बसपार्क स्थित एक होटलमा काम गर्ने जाजरकोट छेडागाड नगरपालिका वडा नं. ६ का पदम बहादुर खड्का बेपत्ता भएका छन् । नेपालगञ्ज–४ बसपार्क स्थित दर्माली चन्द गेष्ट हाउस एण्ड लजमा काम गर्ने खड्का भदौ २५ गतेदेखि बेपत्ता भएका छन् । भदौ २५ गते दिउँसो २ बजे होटलबाट निस्केका उनी हालसम्म सम्पर्कमा आउन नसकेको बुवा दत्ते खड्काले बताएका छन् । छोरा बेपत्ता भएको खबर पाएपछि उनी हाल नेपालगञ्जमा आएर छोरा खोजिरहेका छन् । खड्काले छोराको खोजि कार्य गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन समेत दिएका छन् । २६ वर्षिय  छोरा बेपत्ता भएपछि परिवार चिन्तित बनेको बुवा खड्काले बताएका छन् । छोराको खोजि कार्यमा सहयोग गरिदिन सबैलाई अनुरोध समेत गरेका छन् ।“घरबाट परिवारसँग सल्लाह नगरी आएको हो, हामीले त काम गर्न भारत तिर गयो भनेका थियौं” उनले भने “छोरा त नेपालगञ्जबाटै वेपत्ता भएको रहेछ, केहि दिन अघि मात्र जानकारी पाएको हुँ, खोजि गरिरहेको छु र खोजि कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु ।”

त्यस्तै खड्काले काम गरेको दर्माली चन्द गेष्ट हाउस एण्ड लजका संचालक खिमेन्द्र चन्दले भदौ २५ गते दिउँसो २ बजे होटलबाट बाहिर निस्केका उनी पुन होटलमा नआएको र हाल उनलाई खोजि रहेको बताएका छन् । भदौ १२देखि होटलमा काम गर्न राखेको बताउँदै उनी एक पटक होटलबाट बाहिर निस्केर बसपार्क पुगेको अवस्थामा ल्याईएको बताएका छन् । खड्काले सो होटलमा करिब १३ दिन मात्र काम गरेको पाईएको छ ।

Nabintech