६ जेष्ठ २०८१, आईतवार
बाँकेमा कोरोनाका ८ जना थपिए, १५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ९ आश्विन २०७८, शनिबार १७:१४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १११ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५६ नमूना परिक्षण गर्दा ७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३५ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २० नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । २ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ४२१ नमुना परीक्षण गर्दा १८ हजार १ सय ९३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् । ११ जना महिला र ४ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७८७ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech