८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका ४ जना थपिए, ५ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • १० आश्विन २०७८, आईतवार १७:२२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १९ नमूना परिक्षण गर्दा ३ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १४ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका शून्य जना छन् । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ४८६ नमुना परीक्षण गर्दा १८ हजार १ सय ९३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७९२ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप दुई जनाको निधन
भेरी अस्पतालमा बाँकेका एक २२ वर्षीय युवकसहित थप दुईजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँके कोहलपुरका हुन् भने अर्का बर्दियाका बृद्ध भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोराना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो । उनलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उहाँको आइतबार विहान साढे एक बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिऐ । यस्तै बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा गएराती मृत्यु भएको थियो । भदौ ३० गते कोभिड पुष्टि भएका उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको ओलीले बताए । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेका स्थानीयको मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या ४१८ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Nabintech