८ बैशाख २०८१, शनिबार
थप ९७५ जना सङ्क्रमित, एक हजार २६२ निकाे, सातकाे मृत्यु

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७८, सोमबार १६:४९

पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीनहजार ४०७ वटा एन्टीजेन परीक्षण गर्दा ३०७ जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.२२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech