८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका १५ जना थपिए, ६ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार १६:५१

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११६ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५८ नमूना परिक्षण गर्दा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४३ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा १५ नमूना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । २ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ७ सय नमुना परीक्षण गर्दा १८ हजार २ सय १० जनामा संक्रमण पोजेटिभ देखिएको छ । हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ७९५ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
बाँकेका थप एक जनाको निधन
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज ११ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको हिजो नै साढे ७ बजे मृत्यु भएको ओलीले बताएका छन् । योसँगै कोरोना संक्रमणकै कारण बाँके जिल्लाका ३३५ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

Nabintech