१२ श्रावण २०८१, शनिबार
दशैपछि काँग्रेस बाँकेको अधिवेशन हुने

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७८, मंगलवार १६:५६

नेपाली काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने भएको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको काँग्रेस बाँकेमा अधिवेशन भने दशैंपछि हुने भएको हो । बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । केन्द्रिय निर्वाचन समिति जिल्लाको वडा अधिवेशनको मिति टुंग्याउन छलफलमा रहेको काँग्रेस बाँकेले जनाएको छ । अहिले सोह्र श्राद्ध चलिरहेको र लगत्तै दशैं शुरु हुने भएकाले अब दशैंपछि नै अधिवेशन हुने सम्भावना रहेको छ । निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकी रहेका जिल्लामा दशैंपछि एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ । बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए । बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । बाँकेमा ९ हजार ६ सय ७८ क्रियाशील सदस्य छन् ।

Nabintech