१५ चैत्र २०८०, बिहीबार
आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७८, बुधबार ०७:२२

अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरुलाई उद्धृत गरी बख्तर न्यूज एजेन्सीलले जनाएको छ ।

Nabintech