१५ बैशाख २०८१, शनिबार
बाँकेमा अझै अनिश्चित कांग्रेसको पालिका अधिवेशन

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार ०६:२५

लुम्बिनी प्रदेशका सबै जिल्लामा नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको चुनावी कार्यक्रम शुरु भएपनि बाँकेमा रोकिएको छ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन । बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आमकार्यकर्तामा छ । लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आंकलन गरेका छन् । मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलको भनाइ छ ।

Nabintech