१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ११ जना थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७८, आईतवार १५:२१

बाँकेमा पछिल्लो २४ घण्टामा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ६० नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५ नमूना परिक्षण गर्दा ८ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा २ जना र बोगश्वरी ल्याबमा १५ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ७ जना छन् । ३ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार १३९ नमुना परीक्षण गर्दा १८ हजार २ सय ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ६ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८५३ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech