७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका १५ जना थपिए,६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७८, बुधबार १६:१०

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८१ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३९ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ६ जना र बोगश्वरी ल्याबमा ६ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ९ जना छन् । ३ जना महिला र ६ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ४०६ नमुना परीक्षण गर्दा १८ हजार २ सय ६९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ४ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८७१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये १२ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १७ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech