१५ चैत्र २०८०, बिहीबार
कोहलपुर नगरपालिका वडा नं. ११ बालविवाह मुक्त हुँदै

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७८, शुक्रबार १९:०४

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा बालविवाह मुक्त हुने भएको छ । कोहलपुर नगरपालिका बालविवाह मुक्त बनाउने लक्ष्य अनुसार वडा नं. ११ लाई बालविवाह मुक्त घोषणा गर्न लागिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले दशै र तिहारको बिच समयमा वडालाई बालविवाह मुक्त गर्ने तयारी गरिरहेको बताएका छन् । वडा कार्यालयले यहि २५ गते बालविवाह मुक्त वडा घोषण गर्ने गरी कार्यक्रम तय गरेपनि शुक्रबार कोहलपुर नगरपालिकको सभा हलमा भएको सर्वपक्षिय सर्वदलिय बैठकबाट दशै र तिहारको बिचको समयमा बालविवाह मुक्त घोषण गर्ने निर्णय भएको वडा अध्यक्ष थापाले बताएका छन् ।
स्याक नेपालका बालविवाह रोकथापम परियोजना रोकथाम प्रबन्ध जगदिश थापाले कोहलपुर नगरपालिका वडा नं. ११को बालविवाह सम्बन्धि हालसम्म स्थलगत रुपमा तयारी गरिरएको तथ्यांकका बारेमा सो बैठकमा जानकारी गराएका थिए । वडा नं. ११ लाई बालविवाह मुक्त वडा घोषणा गर्नका लागि आवश्यक सबै प्रक्रियाहरु पुरा गरिसकेको उनले जानकारी समेत दिएका थिए । कोहलपुर नगरपालिका वडा नं. ११ को आयोजनामा प्लान ईन्टरनेशल नेपाल र स्याक नेपालको सहजिकरणमा बालविवाह मुक्त वडा घोषणा हुन लागेको छ ।

Nabintech