नेपालगञ्जको जमुनाह नाकामा शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु भएको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत शनिबार नेपाल–भारतसँग जाेडिएकाे जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डगहेन्डलरसहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् । -उज्यालोअनलाईनबाट