८ बैशाख २०८१, शनिबार
जमुनाह नाकामा तालिमप्राप्त कुकुर

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७८, शनिबार १७:१५

नेपालगञ्जको जमुनाह नाकामा शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको  सुरक्षा जाँच सुरु भएको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत शनिबार नेपाल–भारतसँग जाेडिएकाे जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डगहेन्डलरसहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।  -उज्यालोअनलाईनबाट

Nabintech