१२ बैशाख २०८१, बुधबार
नेपाली काँग्रेस कोहलपुर–१० द्धारा दशैंको शुभकामना आदानप्रदान

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७८, आईतवार १७:५७

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० ले बिजय दशमि तथा शुभ दिपावलीको शभुकामना तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । विजय दशमी, शभुदिपावली तथा छठ पर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान साथै परिचयात्मक कार्यक्रमम बोल्दै नेपाली काँग्रेस जिल्ला सचिव तप्त पौडेलले दशैंको शुभकामना दिँदै नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफलपूर्वक सम्पन्न गर्न सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् । साथै उनले नेपाली समाज अहिले पनि रवाण जस्ता पात्रहरु रहेकाले त्यस्ता पात्रहरुको अन्त्य गर्न आजको आवश्यकता भएको बताउँदै नेपाली काँग्रेसको महाधिवेशनबाट पार्टीका कार्यकर्ताहरुले गलत नेतृत्वलाई पराजित गरी असल र क्षमतावान नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य नारायण प्रसाद गौडेलले नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई सम्पन्न गरी विचारमा प्रष्ट र सिद्धान्तमा प्रतिवद्ध नेतृत्व छनौट गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता पोषण केसीले पार्टीको निर्वाचनमा सहमतिको प्रयास गर्ने तर सहमति नभए निर्वाचनमा जाँदा टिम बनाएर निर्वाचनमा जाने भएकाले निर्वाचनमा टिममा प्रतिवद्ध हुनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ को विवादले बाँकेमा निर्वाचन सुरु हुन नसकेको बताउँदै पार्टीको नेतृत्व तहमा बसेका व्यक्तिहरुबाट गलत क्रियाकलाप भईरहेको बताएका छन् । नेपाली काँग्रेसलाई लोकतन्त्रीक विधि पद्धतिमा नेतृत्वले लिनुपर्नेमा बाँके निर्वाचन क्षेत्र नं. १ को असक्षम नेतृत्वको कारण बाँकेमा समयमै निर्वाचन हुन नसकेको बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु बलाराम शर्मा, चिन्तामणि धिताल, नारायण सिग्देल, डिल्ली गिरी, विरेन्द्र कुमार शमा, हुर्मत न्यौपाने, मिनासिग्देल, गौरा भट्टराई, लक्ष्मणराज पौडेल लगायतले दशैको शुभकामना व्यक्त दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० का उपसभापति मेघनाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण सचिव सन्तोष पौडेलले गरेका थिए ।

Nabintech