१२ बैशाख २०८१, बुधबार
नेकपा एस बैजनाथको अध्यक्षमा सिंह

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७८, आईतवार १९:४३

नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी बैजनाथ गाउँ कमिटिको अध्यक्षमा कालि बहादुर सिंहको चयन भएका छन् । नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी बैजनाथ गाउँ कमिटि स्तरीय अगुवा कार्यकर्ता भेलाबाट सिंह नेतृत्वमा ५१ सदस्यीय बैजनाथ गाउँ कमिटि गठन समेत गरेका छन् । जयसको उपाध्यक्षमा इन्द्र शेरचन, महिला उपाध्यक्षमा लक्ष्मी सिंह, सचिवमा कञ्चन गौतम र उपसचिव खडक रजाली चयन भएका छन् । त्यसैगरी सदस्यमा प्रत्येक वडाहरुबाट चयन गरिएको छ । यसका साथै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी बैजनाथ गाउँका अध्यक्ष सिंहले बैजनाथ गाउँपालिकामा पार्टीको संगठन विस्तार गरी अगामि निर्वाचनमा पार्टीलाई जिताउनका लागि विशेष नीति लिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसअघि उद्घाटन सत्रमा बोल्दै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीका पोलिट ब्यूरो सदस्य एव्म लुम्बिनी प्रदेश कमिटि सह–ईन्चार्ज दल बहादुर सुनारले बैजनाथमा नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादीको संगठनलाई बलियो बनाई आम जनताको भावना अनुसार पार्टीले काम गर्ने बताएका छन् । साथै उनले केपि शर्मा ओलिको दम्भ र अंहकार बैजनाथबाटै समाप्त पार्ने उद्घोष समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल कम्प्युनिष्ट पार्टी एकिकृत समाजवादी बाँकेका अध्यक्ष अशोक कोइरालाले बाँके जिल्लाका आठवटै स्थातिय तहमा पार्टीलाई संगठित गरी आगामि तीन तहका निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई सशक्त रुप मैदानमा उठाउने बताएका छन् । कालि बहादुर सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैजनाथका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech