११ बैशाख २०८१, मंगलवार
६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७८, सोमबार १६:३९

पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ९६२ वटा एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २४३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार ७८७ जना छन् । पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५३२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

Nabintech