७ बैशाख २०८१, शुक्रबार
बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७८, मंगलवार ०७:३१

बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो । थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरेकाे थियाे ।

Nabintech