१५ चैत्र २०८०, बिहीबार
मुगु बस दुर्घटनाः मृतकको संख्या २८ पुग्यो

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७८, मंगलवार १७:२२

मुगुमा आज भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको उनले जानकारी दिए । उनीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

Nabintech