१४ बैशाख २०८१, शुक्रबार
भगलापुरको रिभर साईड पार्कमा बढ्दो आर्कषण

  • टाइम्स संवाददाता

  • २६ आश्विन २०७८, मंगलवार १८:२०

कपिलवस्तुको बाणगंगा ६ भगलापुरमा रहेको रिभर साईड पार्कमा लिंगे पिङ आर्कषण बन्दै गएको छ । पछिल्लो समय पिङ संस्कृति हराईरहेको बेला कपिलवस्तुको बाणगंगा ६हगलापुरका युवाहरु लिंगे पिङ सँगै पार्क निर्माण र सामाजिक कार्यमा जुटेका छन् । विदेश र पढाइका शिलशिलामा गाउँबाहिर गएका यूवाहरु दशैंका बेला गाउँ फर्किएपछी गाउँघर रमाईलो बन्दै गएको र पार्क निर्माणमा सहयोगि हातहरु बढीरहेको पार्क निर्माण समितिका कोषध्यक्ष अर्जुन बेल्बासेले बताए। यतिबेला बाणगगंगा ६ भगगलापुर र आसपासका यूवाहरु सामाजिक कार्य ,पार्क निर्माण संगै हराउँदै गएको मौलिकता जोगाउनमा तल्लिन् देखिए पछि जेष्ठ नागरिकहरुमा खुशि छाएको स्थानिए देबि पोख्रेलले बताएका छन् । घटस्थापना सँगै लिंगे पिङ निर्माण र भगगलापुर नदि किनारमा रिभरसाईड पार्क स्थापनामा युवा कम्मर कसेर लागेको समाजसेबि एव पार्क निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद गैरेले बताएछ । भगलापुरमा लिंगे पिङको स्थापनाले दशैको रौनक थपिएको छ । यूवा बालबालिका मात्र होईन् बुढापाकाले पनि लामो समय पछि पिङको आनन्द लिएका हुन् ।

 

Nabintech