१६ चैत्र २०८०, शुक्रबार
खेलकुदको विकास र समृद्धिका काम गर्छु : मन्त्री अथक

  • टाइम्स संवाददाता

  • २७ आश्विन २०७८, बुधबार १७:५७

खेलकुदको विकास र समृद्धिका काम गर्छु : मन्त्री अथक

यूवा तथा खेलकूद मन्त्री महेशवर गहतराज ‘अथक’ले देशको खेलकुदको विकास र समृद्धिका लागि विशेष नीति लिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको कोहलपुरमा नेकपा माओवादी केन्द्रले गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री अथकले नेपालको खेल क्षेत्रलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनका लगि मन्त्रालयले विशेष नीति लिने बताएका छन् । साथै उनले मन्त्री बनेपछि पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउने गरिएको बताउँदै कोहलपुर क्षेत्र महिला क्रिकेटको उर्जर भूमि भएकाले भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटको व्यस्थापन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । साथै उनले मन्त्री रहँदा सम्म राम्रो गर्ने प्रयास गर्ने तर राम्रो काम गर्न नसक्दा नराम्रो काम गर्ने बताएका छन् । साथै उनले प्रत्येक विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गर्ने लक्ष्यका साथ काम गर्ने बताउँदै खेल क्षेत्रलाई देशको विकास र समृद्धिसँग जोड्ने बताएकाछन् । कार्यक्रममा बोल्दै नेकपा माओवादीका लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र न्यौपानेले बाँके जिल्लाको विकासको नेतृत्व लिन मन्त्रीलाई आग्रह गर्दै कोहलपुरका जनताले देखेका सपनाहरु पुरा गर्ने समय आएको समेत बताएका छन् ।

Nabintech