१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ६ जना थपिए, १४ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७८, आईतवार १८:१५

बाँकेमा पछिल्लो २४ घण्टामा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ४५ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १० नमूना परिक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २४ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ११ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । १ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ९७६ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ३४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा १४ जना डिस्चार्ज भएका छन् । ९ जना महिला र ५ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९४० जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जना सिकिस्त छन् भने १७ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech