१६ चैत्र २०८०, शुक्रबार
जनताको सेवक काँग्रेस हो : मन्त्री हमाल

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७८, सोमबार १६:२२

लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरणतथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाली काँग्रेस शासक नभएर जनताको सेवक भएको बताएका छन् । प्रदेश मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका हमाललाई नेपाली काँग्रेस कोहलपुर नगरद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै आफु पदमा रहँदासम्म जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले जनताको व्यवहार जितेर आगामी तिन वटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाएर सरकार संचालन गर्ने बताएका छन् ।
साथै उनले कोहलपुरमा आधुनिक चिडियाखाना बनाउनका लागि आफुले पहल गर्ने बताएका छन् । प्रदेश सरकारले कोहलपुरमा आधुनिक चिडियाखा निर्माण गर्नका लागि अग्रसरता लिने बताउँदै चिडियाखाना निर्माणका लागि पार्टीका नेताहरुलाई सहजिकरण गरिदिनका लागि आग्रह समेत गरेका छन् । बाँके जिल्लालाई पर्यटकिय हबका रुपमा विकास गर्नका लागि कोहलपुरमा आधुनिक चिडियाखाना निर्माण आवश्यक रहेको बताएका छन् । साथै उनले मुलुकको आर्थिक विकासका लागि पार्टीले लिएको विचारलाई सरकारमा रहँदा सोहि अनुसारको काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेस नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो भने विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकालाई स्वागत समेत गरिएको थियो ।
साथै  मन्त्री हमालले सोमबार गृह जिल्ला बाँके पुगेर पुजा अर्चना गरेका छन्। कोहलपुर–७ लखनवास्थित ‘मरिमाता’ मन्दिरमा उनले पारिवारसहित पुजाआजा गरेका हुन्। करिब १६६८ बर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन् । त्यसक्रममा हमालले जीवनका सहज र असहज सबै परिस्थितिमा आफू यो मन्दिरमा आइरहने बताए । पुजामा बाँकेका पूर्व सभापति रणेन्द्रबहादुर हमाल (भाईराजा)की श्रीमति उत्तम हमाल सहित मन्त्री हमालको परिवारक पुजामा कांग्रेस बाँकेका कार्यकर्ताहरू पनि सहभागी थिए । ओलम्पियन खेलाडी समेत रहेका हमाल मन्त्री भएपछी सोमबार पहिलो पटक गृह नगर आएका हुन् ।

Nabintech