८ बैशाख २०८१, शनिबार
राप्ती नदीमा फसेका चार जनाको उद्धार

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७८, बुधबार ०७:३२

बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ ।   सोमवार बेलुकी नदीपारि वनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का चार जना स्थानीयवासीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आज उद्धार गरेको हाे । उनीहरू रातभरि नदीपारि फसेका थिए ।   उद्धार गरिएकाहरूमा ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी नायब निरीक्षक (सई) गोपाल शर्माले जानकारी दिनुभयो । अन्य तीन जना भने हिजाे नै नदी पाैडेर वारि आउन सफल भएका थिए ।

Nabintech