१५ चैत्र २०८०, बिहीबार
कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७८, बुधबार १७:३२

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी लाग्न नेता/कार्यकतालाई निर्देशन दिएका छन् । बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ती नयाँ मतदाताले पहिलोपटक अन्त भोट हाले हात बिटुलिने बताए । उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई आकर्षित गर्नुपर्छ । उनीहरूलाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने बिटुलिन्छ । पहिलोपटक बिटुलियो भने फेरि वर्षौं लाग्छ ।’ अन्त भोट हाले युवाको मत खेर जाने उनको भनाइ छ । ओलीले एमालेमा जित्छौं भन्ने आत्म विश्वास भएकाले आसन्न चुनावमा एमाले नै ठूलो दल हुने दावी गरे।

Nabintech