१६ चैत्र २०८०, शुक्रबार
सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट, दुई जना घाइते

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार १६:५६

सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘समुदायिक वन खुलेको रैछ, आज बिहान पौने १० : ४५ बजे एक्कासी बेवारिसे बम बिस्पोट भएछ । बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ डीएसपी घर्तीले भने । उनका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

Nabintech