१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १ जना थपिए, ६ जना डिस्चाज

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७८, आईतवार १६:५९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ३३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा २५ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १ जना छन् । १ जना महिलामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ६४३ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ६७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र २ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९९० जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ३ जना रहेका छन् भने १० जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech