१६ चैत्र २०८०, शुक्रबार
६७३ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०७८, सोमबार १६:४१

पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २८४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार ५८० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३६१ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ३६० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech