१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका २ जना थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०७८, सोमबार १७:३२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ३७ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १३ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा २४ नमूना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ६८० नमुना परीक्षण गर्दा १८ हजार ३ सय ६९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । १ जना महिला र २ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९९३ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ८ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ३ जना रहेका छन् भने १० जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech