२६ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १९ जना थपिए, ४ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७८, मंगलवार १६:४६

बाँकेमा पछिल्लो २४ घण्टामा थप १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १२८नमूना परिक्षण गर्दा १२ जना र बागेश्वरी ल्याबमा २० नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १४ जना छन् । ३ जना महिला र ११ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ८२८ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ८३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । १ जना महिला र ३ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९९७ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ७ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा ३ जना रहेका छन् भने १२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।
थप एक जनाको निधन
कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । उनको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।

Nabintech