१३ बैशाख २०८१, बिहीबार
थप ४४१ जनामा सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १५ कार्तिक २०७८, सोमबार १७:२२

पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ४६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, चार हजार १९६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ पुगेको छ । त्यस्तै नेपालमा हाल नौ हजार ३१८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Nabintech