६ बैशाख २०८१, बिहीबार
काँग्रेस कोहलपुर–१० द्धारा शुभकामना आदानप्रदान

  • टाइम्स संवाददाता

  • १६ कार्तिक २०७८, मंगलवार १८:५४

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस बाँकेका उपसभापति फुलाराम थारुलेनेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं १० को आयोजनामा सम्पन्न शुभकामना आदान प्रदान एव जेष्ठ एवम् एकल महिला क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका थारुले मुलुकमा भएका सबै ठुला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई विवादबाट मुक्त गराउन आवश्यक रहेको बताएका छ्न।
कार्यक्रममा सहभागिहरुले सहमतिमा नेतृत्व चयनलाई प्राथमिकता राखेर अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छ्न। नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछि हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सबै स्थानिय तहहरुमा नेतृत्व गर्ने अवशर आएकाले सबै काँग्रेस सम्बद्व नेता कार्यकर्ताहरुलाई जिम्मेवार बन्न सहभागि नेताहरुले आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री,भानुभक्त भट्टराई , नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा, नेपाली काँगैस स्थानिय तह समन्वय विभाग केन्द्रि सदस्य कृष्ण कार्की, आदिवासी जनजाती महासंघ बाँके अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका उप–प्रमुख एवम् काँग्रेस नेतृ सञ्जु कुमारी थारु, कोहलपुर नगरपालिका वडा नं। १० वडाध्यक्ष एवम् काँग्रेस नेता निरज चलाउने लगाएत विभिन्न भातृसंगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लामो समयदेखि संगठन विस्तार एवम् संगठन सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जेष्ठ एवम् एकल महिला क्रियाशील सदस्यहरुलाई कदर पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो । नेपाली काँग्रेस कोहलपुर वडा कार्यसमिति वडा नं। १० का सभापति ओम प्रकाश वर्णवालको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव सनत कुमार रेग्मीले सञ्चालन गरेका थिए ।

Nabintech