१५ चैत्र २०८०, बिहीबार
दाङमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७८, सोमबार १६:४८

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।  सल्यानको कालीमाटीबाट दाङको तुलसीपुरका लागि छुटेको भे १ ज ५२२ नम्बरको जीप बबई गाउँपालिका २ एक्लेबरमा दुर्घटना भएकाे हाे । दुर्घटनामा सल्यान कालीमाटी गाउँपालिका वडा नम्बर ३ चौरी बल्ले बस्ने ३२ वर्षका देवबहादुर सुनारको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार चलिरहेको छ ।

Nabintech