१२ बैशाख २०८१, बुधबार
व्यवसायिक वातावरणमा कोहलपुर नगर तेस्रो स्थानामा

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७८, मंगलवार १७:००

बाँकेको कोहलपुर नगरपालिका व्यवसायिक वातावरण सर्वेक्षण २०२०÷०२१ मा तेस्रो स्थानमा पर्न सफल भएको छ । जीआईजेडले देशका ११ वटा नगरपालिकामा व्यवसायिक वातावरण सम्बन्धि गरेको सर्वेक्षणमा कोहलपुर नगरपालिका तेस्रो स्थानमा परेको छ । कोहलपुर नगरपालिकाले मंगलबार कोहलपुरमा आयोजित व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशाला कार्यक्रममा जीआईजेडले प्रस्तुत गरेको तथ्यांकमा कोहलपुर तेस्रो स्थानमा परेको हो । बिजनेश क्लाईमेट इन्डेक्स (बिसीआई) को सर्वेक्षणमा कोहलपुर नगरपालिका अपेक्षित जनसंख्याको तुलनामा उद्यम÷ व्यवसायको घनत्व उच्च, लगानीका अवसरहरु बारेको सूचनाको पर्याप्त प्रबन्ध, नगरपालिकाको लगानी आकर्षण उच्च कोटीको, अनौपचारिक भुक्तानिको अभ्यास न्यून लगायतका सबल पक्षहरु रहेको बताएको छ । कोहलपुर नगरपालिका भित्रमा हाल सञ्चालनमा रहेका ४ हजार ६ सय २३ वटा व्यवसाय संचालनमा रहेका छन् । सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरको आर्थिक विकासका लागि जीआईजेडसँग सहकार्य गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले राज्यले लगानीमैत्री वातावरण लिएको खण्डमा कोहलपुरमा साना तथा ठुला उद्योगहरु संचालनमा आउने बताएका छन् । कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको संञ्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरु गरेको केही वर्ष भित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउदै सञ्चालनका तौर तरिका पनि जानकारी गराईने बताए । सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेल, डा. तेजहरी घिमिरेले कोहलपुर नगरमा व्यावसायिक बाताबरण सर्वेक्षण तथ्याङ्क विश्लेशणको विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उपमहनगरका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Nabintech