१५ बैशाख २०८१, शनिबार
बाँके काँग्रेसको अधिवेशन : निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७८, बुधबार २०:००

नेपाली कांग्रेस बाँकेको निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले महाधिवेशनको मुखमा आएर फर्जी क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाएको भन्दै नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यकक्षमा तालाबन्दी गरिएको छ ।  नेपाली काँग्रेस बाँकेका यूवा नेता तथा नेपाली काँग्रेस बाँकेका महाधिवेशन प्रतिनिधि पूर्णप्रसाद आचार्यले क्षेत्र नम्बर १ का विभिन्न वडा, बैजनाथ गाउँपालिकाको ८ नम्बर वडा र खजुराको ३ नम्बर वडाबाट गरी करिब दुई सय ३९ जना फर्जी व्यक्तिहरुको नाम छुट्न गएको भन्दै केन्द्रिय निर्वाचन समितिमा पठाएको विरोधमा तालाबन्दी गरिएको बताए । केन्द्रले निर्वाचन अधिकृतसमेत खटाइसकेको अवस्थामा क्षेत्रीय सभापति जस्तो व्यक्तिले बदनियतपूर्वक फर्जी क्रियाशिल सदस्य खडा गरी महाधिवेशन भाड्न खोजेको आचार्यले आरोप लगाएका छन् । ‘क्षेत्रीय सभापतिले कांग्रेसको आचरण, विधि र पद्धतिभन्दा बाहिर गएर अनावश्यक बखेडा झिकेपछि पहिले तोकिएको समयमा अधिवेशन हुन सकेन ।हाम्रा अनेक प्रयासपछि अहिले हुन लागेको अधिवेशन पनि नियतवश हुन नदिने तत्वका कारणले ती नामहरु प्रस्ताव गरिएका छन् । जबसम्म ती नामहरु खारेजी भएको जिल्ला निर्वाचन कार्यालयबाट जानकारी गराइदैन तबसम्म बाँके जिल्लाको निर्वाचन प्रकृया अघि बढ्न सक्दैन ,’ उनले भने ।

हारको मानसिकता बोकेको नेतृत्वले गर्दा अहिले पुनः जिल्लाको अधिवेशन अन्यौलमा परेको उनले बताए । ‘ती नामहरु कुनैपनि समयमा सदर हुनसक्ने भएकोले हामीले विरोध जनाएका हौँ,’ उनले भने । यस विषयमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ सभापति माधवराम खत्रीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । नेपाली काँगेसको बाँकेको निर्वाचन क्षेत्र नं. १ को विवादका कारण हालसम्म रोकिएको छ ।

Nabintech