७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ५ जना थपिए, २ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २६ कार्तिक २०७८, शुक्रबार १६:५४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४६ नमूना परिक्षण गर्दा ४ जना, नेपालगञ्ज मेडिकेल कलेजमा २१ नमूना परिक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा १४ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ७०५ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ३३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन् । २ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार ६५ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ६ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने १३ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech