१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा काँग्रेस नीति, विधि सम्मत चल्छ : शाह

  • टाइम्स संवाददाता

  • ३० कार्तिक २०७८, मंगलवार २०:१७

नेपाली काँग्रेस कोहलपुर नगर सभापति पदका उम्मेद्वार बिरेन्द्र कुमार शाहले नेपाली काँग्रेसलाई नीति विधिमा संगठित गर्ने बताएका छन् । नेपाली काँग्रेस कोहलपुरको नगर सभापतिको उम्मेद्वार बनेका शाहले नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्दै उनले नेपाली काँग्रेसको संगठनलाई बलियो र नीति, विधि सम्मत बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिका वडा नं. १०, ६ र ८ का क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्दै नेपाली काँगेस कोहलपुर नगरको अधिवेशनमा आफु र आफ्नो टिमलाई बिजय गराउन आग्रह गरेका छन् । नेपाली काँग्रेसको अन्तरिक संगठनलाई बलियो बनाई स्थानिय तह, प्रदेश र संघिय निर्वाचनमा पार्टीका उम्मेद्धवारलाई बिजय गराउने बताएका छन् । साथै उनले पार्टीका कार्यकर्ताहरुलाई निराश हुने कुनै पनि गतिविधिहरु नगर्ने बताउँदै नेपाली काँग्रेसको नीति तथा कार्यक्रमलाई जनताका बिचमा लिई काम गर्ने बताएका छन् । नेपाली काँग्रेस कोहलपुरको नगर कार्य समितिको निर्वाचन मंसिर १ गते निर्वाचन हुँदैछ । शाहको नेतृत्वमा उपसभापतिमा भरत शर्मा, सुशिल सापकोटा, सचिवमा गोविन्द वाग्ले, बालकुमार शर्मा र सहसचिवमा रामु लम्साल र महेश चौधरी र कोषाध्यक्षमा हरिशरण केसीले उम्मेद्धवारी दिने भएका छन् । नगर भित्र प्रत्येक वडामा ३ जना सदस्य गरी ४५ जना, ३० समावेशी, आरक्षण कोटाबाट सदस्यमा चयन हुने भएका छन् ।

 

Nabintech