१२ बैशाख २०८१, बुधबार
एमालेको निष्कर्ष – महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भयो (पूर्णपाठ)

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०७८, शनिबार १८:३२

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीभित्रका तीनथरी मनोविज्ञानको भावनात्मक एकता कायम गरेको निष्कर्ष निकालेको छ  शनिवार शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख छ । महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरुलाई संक्षिप्त चित्रण गरेको छ । नेकपा एकताका क्रममा समावेश भएको माओवादी धार,नेकपा विभाजनका बेला शुरुदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई भावनात्मक रुपमा एकताबद्ध गर्दै थप सुदृढ बनाएको एमालेले निष्कर्ष निकालेको छ ।

त्यस्तै यसपटकबाट एमालेमा विधिसम्मत स्वस्थ प्रतिस्पर्धा र सहमति दुवै प्रक्रिया अपनाइएको उल्लेख छ । महाधिवेशनलाई सहमति र प्रतिस्पर्धा दुवै विधिलाई सहज ढंगले अभ्यास गर्ने थलो बनाइएको एमालेले जनाएको छ ।

     

Nabintech