१३ बैशाख २०८१, बिहीबार
धनगढीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, १३ घाइते

  • टाइम्स संवाददाता

  • २८ माघ २०७८, शुक्रबार १५:३६

धनगढी : धनगढीमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। बिहीबार राति १२ बजेतिर धनगढीको मनेहराबाट जन्ती बोकेर भजनी जाँदै गरेको सुप प्र ०१००२ प५३७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचार जारी छ भने ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। बिहेको सिजन भएकाले पछिल्लो समय जन्ती सवार सवारी दुर्घटनामा पर्ने क्रम बढेको छ।

बिहीबार उदयपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन्। माघ २१ गते राति प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भेन बेहुला–बेहुली घाइते भएका थिए।

Nabintech