१ जेष्ठ २०८१, मंगलवार
५५ लाख बराबरको गरगहना सहित दुई पक्राउ

  • टाइम्स संवाददाता

  • ३ फाल्गुन २०७८, मंगलवार १७:०५

नेपालगञ्ज : दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ गरेको छ ।

कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरो जाँच गर्दा उक्त गाडीमा सो गरगहना बरामद भएको हो ।

बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा ल्याइएको छ ।

Nabintech