११ बैशाख २०८१, मंगलवार
बाँकेमा एउटा गाडीमाथि तोडफोड

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०७८, बुधबार १७:१६

नेपालगञ्ज : अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आव्हान गरिएको बन्द अवज्ञा गरेको भन्दै बाँकेमा एउटा गाडीमाथि तोडफोड भएको छ ।

बन्द अवेज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको बैजनाथस्थित बनकटवा चोकमा बुधवार विहान सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडिमा तोडफोड भएको हो ।

यस्तै नेपालगञ्जबाट तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जबर्जस्ति बन्द गराउँदै हिडेका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय सदस्य सलमान राई, जिल्ला अध्यक्ष अजित प्रसाद र बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वसन्त खत्रीलाई गणेशमान चोकबाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

बन्द गराउँदै हिंडेको आरोपमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा र थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई दाङको भालुवाङबाट नियन्त्रणमा लिएको छ ।

Nabintech