१४ बैशाख २०८१, शुक्रबार
बैंक लुट्न प्रयास गर्ने बिक प्रहरी नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०७८, शुक्रबार १९:४६

नेपालगञ्ज : नेपालगञ्जमा शुक्रबार बिहान बैंक तोडफोड गरेर भागेका युवकलाई बाँके प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले टिकापुर–९, कैलालीका २६ बर्षिय सन्जु बिकलाई बैंक तोडफोड गरेको आरोपमा शुक्रवार नेपालगञ्जबाट नियन्त्रणमा लिएको जनाएको छ ।

बिकले शुक्रबार विहान करिब ५ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय बाणिज्य बैंक भित्र प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात च्यात्नुका साथै दराज तोडफोड गरी भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनले खुकुरीसहित पक्राउ परेका बिकका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जनाए । केही दिन अघिमात्र डकैती गर्दै आएका भारतीय लुटेराहरुलाई हतियार सहित नियन्त्रणमा लिएको थियो । उनीहरुले खजुरामा सुन व्यवसायीको घरमा बन्धक बनाई लुटेका थिए ।

Nabintech