१ जेष्ठ २०८१, मंगलवार
स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७८, शनिबार १८:४६

नेपालगञ्ज : स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा शनिबार शालिक पुर्नस्थापना गरिएको हो । बाँके स्वतन्त्रवासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरिएको हो ।

स्वर्गिय राजा त्रिभुवनको शालिक २०६२–६३ को आन्दोलनका क्रममा तोडफोड गरिएको थियो । राजावादी तथा राप्रपा निकट ब्यक्तीहरुको ठुलो उपस्थितीमा शालिक पुर्नस्थापना गरिएको हो । शालिक पुनःस्थापना गर्ने क्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जनताको माग र इतिहास जोगाउन राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको बताए ।

राप्रपाका नेता एवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले लामो संघर्ष पश्चात राजा त्रिभुवनको शालिक पुर्नस्थापना गर्न पाउँदा धेरै खुसी भएको बताए ।

शालिक पुनःस्थापना गर्ने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थिए । सो क्रममा सहभागिहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’, हिन्दु राष्ट्र कायम गर जस्ता नारा समेत लगाएका थिए ।

Nabintech