८ बैशाख २०८१, शनिबार
नेपालगञ्जका विद्यार्थीलाई हिमानी कोषको सहयोग

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७८, शनिबार १८:५०

नेपालगञ्ज : हिमानी कोषको आयोजनामा नेपालगञ्जमा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ । कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पुर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभुत विद्यालयका ६ सय विद्यार्थीहरुलाई पानी स्वत : प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाईकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही लगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए ।

सो कार्यक्रममा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको सहभागिता थियो ।

Nabintech