७ बैशाख २०८१, शुक्रबार
बाघको आक्रमणमा परेर फत्तेपुर गुलरीका एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७८, शनिबार १८:५८

राप्तीसोनारी (बाँके) बाँकेको राप्तीसोनारी गाउँपालिका वडानं. ६ फत्तेपुर गुलरीका ६० बर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गरेको छ ।

राप्ती पीडित सामुदायिक बन ढलहियामा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार ८ बजेतिर झम्टेर लगेको स्थानीय प्रदिप पौडेलले जनाएका छन् ।

प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १० बजे मात्रै शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । केही दिन यता बाँकेमा बाघको आक्रमण बढ्दो छ ।

Nabintech